eng
competition

Text Practice Mode

देवनागरी Typing Skill Test-ASI

created Jul 8th, 03:39 by manoz


0


Rating

225 words
4 completed
00:00
परिच्छेद-८ बिदा
 
७७. बिदा नलिई गैरहाजिर हुन नपाइनेः यस नियमावली बमोजिम बिदा नलिई कुनै प्रहरी कर्मचारी गैरहाजिर हुन पाउने छैन
 
७८. बिदाका किसिमहरूः प्रहरी कर्मचारीले देहाय बमोजिमका बिदा पाउनेछ :
(क) भैपरी आउने बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा,
(घ) किरिया बिदा,
(ङ) प्रसूति बिदा,
(च) प्रसूति स्याहार बिदा,
(छ) सट्टा बिदा,
(ज) अध्ययन बिदा
 
७९. भैपरी आउने बिदाः
(१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिनमा नबढाई भैपरी बिदा पाउनेछ
(२) भैपरी आउने बिदा साधारणतः एक पटकमा बढीमा चार दिनसम्म लिन पाइनेछ
(३) एक वर्षको भैपरी आउने बिदा सञ्चित गरी अर्को वर्ष लिन पाइने छैन
(४) भैपरी आउने बिदामा बसेका प्रहरी कर्मचारीले पूरा तलब, भत्ता रासन पाउनेछ
 
८०. घर बिदाः
(१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष तीस दिनका दरले घर बिदा पाउनेछ
(२) प्रहरी कर्मचारीले आफूले पकाएको घर बिदा बढीमा एक सय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ
(३) प्रहरी कर्मचारीले वर्षको एक पटक घर बिदा लिई घर जाँदा घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदल हिड्नुपर्ने भएमा आठ कोसको निमित्त एक दिनको दरले मोटर, रेल, हवाईजहाजको बाटोका लागि जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ
(४) प्रहरी कर्मचारी कुनै कारणले सेवाबाट अवकास भएमा निजको सञ्चित रहेको घर बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ

saving score / loading statistics ...